इतिहास मेटाउने प्रयास

२८ जेष्ठ २०७६, मंगलवार १२:२९

बिष्णुप्रसाद शर्मा,

धार्मिक आस्थाले भरिपूर्ण रहेका नेपाली जनताको आस्थामा गम्भिर प्रहार गर्ने यो अर्को नियोजित र्निधिष्ठ प्रयास हो । नेपालको इतिहास मेटाउने प्रयास इण्डो पश्चिमाहरुलाई सहयोग र समर्थन पुयाउने काम नेपालमै बसेर जनताले नै तिरेको करवाट पालिएका साँइदुवाको बुर्जुवा घमण्डको उपज त्यो वाइवलमा जे लेखे पनि नेपाली जनतालाई सरोकार रहेन ।

पुर्खाले धर्मको रक्षार्थ राखि दिएको गुठी र गुठियारहरुले आफना परम्परालाई जोगाउँन केही सहयोग पुग्ने गुठी जग्गामा र गुठीको सम्पतिमा आखाँ लगाउने यो पराधिन प्रवृतिले जनतालाई सडकमा उसका पालतु कुत्ताहरु लगाएर बुट बजारर्नु उपयुक्त हो ? यो कस्तो प्रजातन्त्र हो ? नेपाली जनताले अव नवुझे कहिले बुझने हो ?

नेपालको इतिहासमा परपूर्वकाल देखि नै वैदिक सनातन धर्म , पौरस्त्य संस्कारलाई एउटा राष्ट्रिय सम्पतिका रुपमा जर्गेना गदै आएको अवस्था थियो । केही बिदेशी लवीका काकाकुलहरुले राजा पृथ्वीनारायण शाह , महेन्द्र शाह र ज्ञानेन्द्र शाहको खेदो खन्दै वैरि फिरंगीहरु रिझाउन अनेक तानावाना बुन्दै आइराखेका छन र त्यसैको उपज हो , गुठी ऐन र यसले धर्म मासेर इतिहास मेटाउने प्रयास हुँदैछ । बिष्णुप्रसाद शर्मा , नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक तथा राजनीतिक बिश्लेषक हुनुहुन्छ ।