
काठमाडौं , मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १० रामबजारमा अवस्थित ‘रामबजार जेष्ठ नागरिक मिलन केन्द्र’ लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ । उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुर्सी वितरण गरिएको हो ।
सो अवसरमा रामबजार युके सोसाइटिका सल्लाहकार प्रेम विक, मुक्तिनाथ विकास बैँक पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखाकार्यालय अमरसिँहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्रराज पौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापा सहितको सँयुक्त उपस्थिती रहेको थियो ।
