
काठमाडौं , नेकपाका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक रहेको बताउनु भएको छ । काठमाडौंको एक साक्षात्कार कार्यक्रममा सोमबार उहाँले नेपाल पत्रकार महासंघलगायत सरोकारवाला पक्षले विरोध गरेको हुँदा विवादित विषयमा अनिवार्य छलफल गनुपर्ने बताउनु भएको हो ।
अध्ययन गर्दा विधेयकमा भएको व्यवस्था संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो देखिएको उहाँले बताउनु भयो । विधेयकका कारण प्रेस स्वतन्त्रता र सूचना प्रवाहमा अंकुश लाग्ने अवस्था र संचारकर्मीका अधिकार कुण्ठित गर्न नहुनेमा सबै सचेत हुनुपर्ने उहाँले बताउनु भयो ।
सरकारले वैशाख अन्तिम साता संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेको थियो । विधेयकमा भएका प्रावधानले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ ।
