अर्घाखाँंचीमा गोर्खा इको प्यानलको डिलर

३ जेष्ठ २०७६, शुक्रबार १५:४६

काठमाडौं , गोर्खा इको प्यानलको अधिकृत विक्रेता अर्घाखाँंचीको सन्धीखर्कमा पनि राखिएको छ । दुर्गा भगवती विल्डर्स अर्घाखाँंचीलाई १५ औँ डिलरको रूपमा नयाँं डिलर दिइएको हो ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ इन्जिनियर कृष्णभक्त दुवालले देशभरबाट आफ्ना उत्पादनको माग आएकाले ठाउँंठाउँंमा निरन्तर डिलरको संख्या बढाउँंदै लगेको बताउनु भयो । गोर्खा इको प्यानल आधुनिक निर्माण सामग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल पर्खाल को रूपमा इँटाको विकल्पको रूपमा यसको प्रयोग हुन्छ ।