दुईतिहाइको घमण्ड नगरौंः माधवकुमार नेपाल

१ जेष्ठ २०७६, बुधबार १८:३०

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुईतिहाइको घमण्ड गर्न नहुने धारणा ब्यक्त गर्नु भएको छ ।

पार्टी निकट युवा संगठनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका कुरा सुन्न र सुख–दुःख बुझ्न पार्टी नेतृत्वलाई सुझाव दिनु भयो । उहाँले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अध्ययन, चिन्तन गर्न अनुरोधसमेत गर्नु भयो ।