
काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि नयाँ विचारको विकास गर्नुपर्ने बताउनु भएको छ । युवा सङ्घ, नेपालको स्थापना दिवसमा आयोजित विशेष समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले ‘नयाँ राजनीतिक कार्यदिशा र संगठनात्मक प्रणालीको विकास गर्नु पर्ने बताउनु भयो ।
अध्यक्षले वर्गसङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट नै सही विचार आउँने बताउनु भयो । ‘मेरै विचार ठीक अरुको गलत भन्ने मानसिकताले हामी ठीक ठाउँमा पुग्दैनौं, उहाँले भन्नु भयो , ‘अब युवाहरुले समाजवादका निम्ति वैचारिक बहस र सङ्घर्ष गर्ने बेला आएको छ ।’
उहाँले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको धारणा राखनु भयो । उहाँले भननु भयो , ‘मार्क्सवाद कुनै धर्मशास्त्र, कुनै बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त होइन । विचार पनि समाजसँगै गतिशील हुन्छ, विकसित हुन्छ । वर्ग रहेसम्म वर्गसङ्घर्ष रहन्छ । विचार पनि सङ्घर्षसँगै विकसित हुँदै जान्छ । हामीले मार्क्सवादलाई पनि गतिशील रुपमा बुझ्नुपर्छ ।’
