सरकारको आगामी बजेटले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन सक्दैनः भुसाल

३० बैशाख २०७६, सोमबार १५:०१

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता उत्पादनमुखी नभएको दाबी गर्नु भएको छ । सोमबार बसेको बैठकमा सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै सचेतक भुसालले सरकारको आगामी बजेटले मुलुकलाई समृद्धिको बाटोमा अगाडि नबढाउने दाबी गर्नु भयो ।
सचेतक भुसालले कानुन कार्यान्वयन पक्ष अत्यन्तै फितलो देखिएको बताउनु भयो । उहाँले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने उदेश्यले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकमा प्रस्ताव गरिएको प्रावधानले सरकार मौलिक हकको कानुन कार्यान्वयन गर्छ भन्नेमा कांग्रेसलाई विश्वास नभएको बताउनु भयो ।
‘‘