एजेन्सी , ३० वैशाख। आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले उचालेको छ । आइतबार हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउदै मुम्बई इन्डियन्सले उपाधि कब्जा गरेको हाे ।
टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । ओपनर क्वीन्टन डि ककले २९ रन बनाए भने इशान किसनले २३ रन, हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सुर्यकुमार यादवले १५–१५ रन बनाए ।
बलिङतर्फ दिपक चहरले तीन विकेट लिए भने सादुएल यादव र इम्रान ताहिरले २–२ विकेट लिए ।१५० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमा अलआउट भयो ।चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए ।फाफ डु प्लेसिसले २६ रन बनाए भने ड्वाइने ब्राबोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लसिथ मालिङ्गा र राहुल चहरले एक एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।
