पाँचथर – पाँचथरमा करेन्ट लागेर बुधबार एक बालकको मृत्यु भएको छ ।
फिदिम नगरपालिका–६ मगरगाउँका लालबहादुर सारुका ११ वर्षीय छोरा सनम सारु मगरको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
मगरको बुधबार साँझ बिजुलीको खम्बामा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साथीसँग खेल्ने क्रममा बिजुलीको पोलमा चढ्दा करेन्ट लागेपछि उनी ढलेका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।
