
काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री संसदीय मर्यादा पालना नगरेको भन्दै संसदमा नाराबाजी गरेको छ ।
संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा , प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको हो । प्रधानमन्त्रीले भन्नु भएको थियो , ूम यहाँ केही आक्रोश, कुण्ठा र निम्छरा प्रश्न छोडेर अन्य प्रश्नको जवाफ दिन्छु ।ू
सभामुख कृष्णबहादुर महराले पटक पटक बस्न आग्रह गरे पनि कांग्रेसले नाराबाजी जारी राखेको हो । कांग्रेसले प्रधानमन्त्रीले आफूलाई वेवास्ता गरेको र संसदीय मर्यादा उल्लंघन गरेको भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।
त्यसपछि प्रधानमन्त्री आफैंले भन्नु भयो , ूप्रश्नको जवाफ चाहिएको छ कि छैनू भन्दै नाराबाजी गरेका सांसदहरुलाई प्रश्न गर्नु भएको थियो । त्यसपछि कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनैपर्ने व्यवस्था भएको र संसदीय मर्यादा पालना गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
सभामुखले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह गरेपछि कांग्रेसको नाराबाजीकाबीच पनि प्रधानमन्त्रीले केही प्रश्नकोमात्र जवाफ
दिनु भएको थियो ।
