शान्ति, स्थिरता र स्थायित्वलाई कार्यक्रमले समेटेको छः प्रधानमन्त्री ओली

२४ बैशाख २०७६, मंगलवार १५:३४

काठमाडौं , प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समृद्ध नेपाल र सुखी नेपालीको सपना पुरा गर्ने बताउनु भएको छ ।

मङ्गलबार नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै उहाँले मानवीय मर्यादा र गरिमाको समेत ख्याल राख्दै संविधान कार्यन्वयन गर्ने उदेश्य नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो ।

शान्ति, स्थिरता र स्थायित्वलाई कार्यक्रमले समेटेको छ । यतिकै बहुमत आयो त्यसकारण ल्याएको होइन । बहुमत यसअघि पनि आएका थिए तर अग्रगामी सोच र प्रयास भएन भने बहुमतले काम गर्दैन’ प्रधानमन्त्री ओलीको जवाफ थियो ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम खास लक्ष्य र उदेश्यका आधारमा ल्याएको हो । राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमानका विषयलाई अत्यन्त महत्वका साथ नीत ताथा कार्यत्रक्रममा समेटिएको छ । शिक्षा, स्वास्थ्य सुशासन, दिगो शान्ति, छिमेक सम्बन्धलगायतका परिवर्तनको अनुभूत गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ’ प्रधानमन्त्री ले नीति तथा कार्यक्रममा कुनै अन्यौलता नरहेको दावी गर्नु भयो ।