डा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीचको एकता सोमबार

२१ बैशाख २०७६, शनिबार १४:४०

काठमाडौं , डा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने निश्चित भएको छ।

लामो वर्तापछि दुई पार्टी एक हुने सहमति जुटेको हो । डा भट्टराई र यादवबीच आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । एकताको घोषणा भने सोमबार हुने बताइएको छ ।