१० वर्षे सशस्त्र विद्रोह गरेका दुई मित्र पुनः मिल्दै

२३ बैशाख २०७६, सोमबार ०९:२४

काठमाडौँ , तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका डा। बाबुराम भट्टराई संविधान घोषणाको केही समयपछि पार्टी परित्याग गरे ।

नयाँ शक्ति पार्टी गठन गरेका उनले वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटे । माओवादी जनयुद्ध कालमा पार्टीको जनवर्गीय संगठन मधेसी मुक्ति मोर्चाको अध्यक्ष रहेका उपेन्द्र यादवको राष्ट्रिय राजनीतिमा चर्चा थोरै भयो ।

तर, २०५४ सालमा माओवादी परित्यागसँगै मधेसी जनअधिकार फोरम नेपाल स्थापना गर्दै अगाडि बढेपछि उनको चर्चा राष्ट्रिय राजनीतिमा हुन थाल्यो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।