प्रेसमाथि अङ्कुश लगाउने प्रयास काँग्रेसलाई कुनै सर्तमा स्वीकार्य छैनः प्रदीप पौडेल

३० बैशाख २०७६, सोमबार १८:०२

चितवन, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारको पछिल्लो गतिविधि शाही शासनकालको झल्को दिने खालको भएको टिप्पणी गर्नु भएको छ । उहाँले नेकपा सरकारको शाही प्रवृत्तिविरुद्ध जनस्तरबाट नै प्रतिवाद गर्ने समय आएको
बताउनु भयो ।
नेपाल शिक्षक सङ्घ चितवनको ३० औं स्थापना दिवसका अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा पौडेलले संवैधानिक मर्म र भावना विपरीत दुई तिहाइको बलमा प्रेसमाथि अङ्कुश लगाउन खोजिएको बताउनु भयो । सरकारको प्रेसमाथि अङ्कुश लगाउने प्रयास काँग्रेसलाई कुनै सर्तमा स्वीकार्य नहुने पौडेलले बताउनु भयो ।