तिम्रो ऋण कसरी तिर्नु आमा’बोलको गीत सार्वजनिक

२१ बैशाख २०७६, शनिबार १४:५७

काठमाडौं , आमाको मुख हेर्ने दिनको अवसर पारेर बालगायिका समृद्धि बस्यालले ‘तिम्रो ऋण कसरी तिर्नु आमा’बोलको गीत सार्वजनिक गरेकी छिन् । आफ्नै शब्द, संगीत र स्वर रहेको सो गीतको म्युजिक भिडियोसमेत बनेको छ ।

युट्युब च्यानल बुढासुब्बाबाट बस्यालले शुक्रबार भिडियो सार्वजनिक गरेकी हुन् । गीतमा कुशल सिंहले म्युजिक एरेन्ज गरेका छन् भने म्युजिक भिडियोको निर्देशन गायिका तथा सञ्चारकर्मी भारती बस्यालले गरेकी हुन् । भारती समृद्धिका आमा हुन् ।