कपिलवस्तुमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

३० बैशाख २०७६, सोमबार १०:५३

कपिलवस्तु – कपिलवस्तुकाे तौलिहवा जितपुर सडक खण्डको निग्लिहवाकोटमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गए राती करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गरेकाे लु ९ प ४६६४ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा आइरहेका मायादेवी गाउँपालिका वडा नं. ७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका वडा नं. ६ का शेषराम यादवको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

मोटरसाईकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुन सक्ने प्रहरीले जनाएको छ ।