फोरम प्रदेश २ को अध्यक्षमा आर्थिक मामिला मन्त्री यादव निर्वाचित

१७ बैशाख २०७६, मंगलवार १५:३०

धनुषा – संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव निर्वाचित हुनुभएको छ ।

सिरहाको लहानमा सोमबार राति सम्पन्न प्रदेश अधिवेशनबाट मन्त्री यादव ३७ मतले आफ्ना निकटतम प्रतिस्पर्धी रेणु यादवलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

मन्त्री यादवले १ सय ८४ मत प्राप्त गर्नुभएको थियो भने रेणु यादवले १ सय ४७ मत मात्र प्राप्त गर्नुभएको थियो ।

५१ सदस्यीय प्रदेश समिति मध्ये ४१ जनाका लागि चुनाव भएको छ । पार्टीको विधान अनुसार तीनजना उपाध्यक्ष, एकजना महासचिव, एकजना सचिव र एकजना कोषाध्यक्षसहित १० जना मनोनित गरिनेछ । प्रदेश समितिको चुनावमा ४ सय ५ जना मतदाता रहेका थिए ।