रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम फेरियो

१५ बैशाख २०७६, आईतवार १०:२६

काठमाडौं, विवेकशील साझा पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ। रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाले नाम परिवर्तन गरेर साझा विवेकशील पार्टी राख्ने निर्णय गरेको हो। प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टीबाट छुट्टीएर गएको समूहले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले आमरुपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सिर्जना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन साझा विवेकशील पार्टी नाम राखेको प्रवक्ता आचार्यले बताए।