खुलामञ्चका सटर डोजर लगाएर भत्काइयो

१४ बैशाख २०७६, शनिबार १३:२३

काठमाडौं , काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काएको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले आज डोजर लगाएर भत्काएको हो ।

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काएको हो । डीएसपी बासुदेव खतिवडाको नेतृत्वमा नेपाल प्रहरीले सुरक्षा दिएको थियो ।

खुला मञ्चमा सटर निर्माण गरिएको भन्दै चौतर्फी विरोध हुँदै आएको थियो । केही दिन अगाडि सटर भत्काउन माग गर्दै प्रदर्शनसमेत भएको थियो । प्लाई र जस्तापाताले बेरेर खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो ।