सेन्चुरी बैंकले नगद लाभांस वितरण गर्ने

१३ बैशाख २०७६, शुक्रबार १०:४९

काठमाडौं , सेन्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूंजीको २५ बराबरको बोनस सेयर र ४ दसमलव ५ नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस सेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।

साधारण सभा बैंकका अध्यक्ष राजेस कुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको हो । उक्त सभाबाट सर्वसाधारण सेयरधनीहरूको तर्फबाट राजेस कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएकोे छ ।

आव ०७५÷७६ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप ६४ अर्ब १२ करोड रूपैयाँ र कर्जा रकम ५९ अर्ब ६१ करोड परिचालन गरी ७४ करोड २ लाख सञ्चालन मुनाफा र ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरू र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरू र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय ३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।