हावाहुरी प्रभावितलाई सिद्धार्थ बैंकको सहयोग

१३ बैशाख २०७६, शुक्रबार १०:३८

काठमाडौं , सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पीडित जनताकालागि सहयोग स्वरूप विभिन्न सामग्रीहरू प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्लाको स्वर्न गाउँपालिका वडा नंं–४स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरूलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामग्रीहरू वितरण गरको छ । उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष श्री नवलकिसोर प्रसाद सिंह तथा सिद्धार्थ बैंकका प्रदेश नं २–का प्रमुख श्री प्रविन ढुंगेलद्वारा संयुक्त रूपमा वितरण गरिएको हो ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सन्चालनमा आएका शाखाहरू सहित बैंकले देसभर एकसय ४९ वटा शाखा ९४ एक्सटेन्सन् काउन्टरसहित०, एक सय शाखारहित बैंकिङ सेवा, एक सय ६१ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।