
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम फलामे ढोका फोरेको दावी गर्नु भएको छ ।
आइतबार नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएपछि उहाँले पार्टी एकताको फलामे ढोका फोरिएको दावी गर्नु भएको हो ।
‘अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं’ उहाँले भन्नु भयो , ‘यो फलामे ढोकाजस्तै थियो । किनकी गाँठो हाम्रो त्यहीँनिर परेको थियो, मुख्य गाँठो फुकेपछि अरु गाँठो सजिलै फुक्नेछ । केही ढिलो भएकोमा क्षमा माग्दै हामीले मिसन कम्प्लिट गरेका छौं ।’
पार्टी एकता टुंग्याउन विभिन्न कार्यदल बनाए पनि गाँठो झन् कस्सिदै गएको भन्दै पछि पुरानै ठाउँमा फर्किएर एकता प्रक्रिया पूरा गरेको प्रचण्डले बताउनु भयो ।
