
काठमाण्डौ , नेपाली कांग्रेसका बरिस्ठ नेता तथा पुर्व मन्त्री ढुन्डिराज शास्त्रीको चौरासी पुजा सम्पन्न भएको छ ।
चौरासी पुजामा नेता तथा कार्यकर्ता शुभेच्छुक सुभचिन्तक स्टमित्रहरुको भिड लागेको छ । चितबन जिल्लाको देवघाट धाममा गरिएको चौरासी पुजामा नेपाली काङ्ग्रेसका केन्द्रीय तहका शिर्ष नेताहरु जिल्ला तहका नेताहरु आफन्तहरु स्टमित्र सुभेक्षुकहरु गरि हजारौंको संख्यामा शुभकामना दिन शास्त्री निबास देउघाट पुगेका हुन ।

