सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न सकेनः कोइराला

८ बैशाख २०७६, आईतवार १४:०३

पोखरा , नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नु भयो , ‘सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।’

नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति, व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनु भयो ।

एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन, उहाँले भन्नु भयो , ‘पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।’ देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।