पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिकाः खनाल

७ बैशाख २०७६, शनिबार १५:४९

इलाम , पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उहाँको जोड छ ।

आज इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश नंं को पार्षद् भेलामा पूर्व प्रम खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भमिका खेल्ने उल्लेख गर्नु भयो । उहाँले लोकतन्त्रलाई बलियो बनाउनु, राष्ट्रियतामा आँच आउन नदिनु, सुशासन, दिगो विकास र सांस्कृतिक विषयवस्तुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।