कृति अवार्डको मुख्य प्रायोजकमा चौधरी ग्रुप

६ बैशाख २०७६, शुक्रबार १३:४५

काठमाडौं , नेपाल विज्ञापन संघले गर्दै आएको कृति अवार्डको मुख्य प्रायोजन चौधरी ग्रुपअन्तर्गतको नेपाल आइस बियरको उत्पादक सिजी ब्रुअरीले गर्ने भएको छ । कृति अवार्डको ११औँ शृंखलासम्म आइपुग्दा चौधरी ग्रुपले मुख्य प्रायोजन गरेको यो पाँचौँपटक हो ।

मुख्य प्रायोजनको सम्झौतामा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’ले हस्ताक्षर गरेका छन् ।
संघका अध्यक्ष रिजालले कृति अवार्डले देशमा विज्ञापन र विज्ञापन निर्माण गर्दा हुने सिर्जना शक्ति बढाउन सहयोग पुग्ने बताए । कार्यक्रम ६ भदौमा गर्ने योजना रहेको उनले जानकारी दिए । अवार्डका टाइटल स्पोन्सर सिजी ब्रुअरी र पावर्ड बाई सिजी सिमेन्ट रहेको उनले जानकारी दिए । हाल देशभर २ हजारभन्दा बढी विज्ञापन एजेन्सी रहेको अनुमान गरिएको छ, जसमध्ये ३ सय २८ वटा विज्ञापन एजेन्सी आनमा संगठित भएका छन् ।