
काठमाण्डौ , सिद्धार्थ बैंकले सबै नेपालीको बैंक खाता खोल्ने अभियानअन्तर्गत सजिलो बचत खाता संचालनमा ल्याएको छ । अहिलेसम्म बैंक खाता नभएका नेपाली नागरिक यस अभियानमा सहभागी हुनसक्नेछन् यस्तो खाता खोल्नासाथ बैंकले एक सय रुपैयाँ खातामा जम्मा गरिदिनेछ यस्तो खाता शून्य मौज्दातमा खोल्न सकिने, वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याज, निशुल्क चेक र एबिबिएस सुबिधा प्राप्त हुनेछ
