सम्पादक शाह माथि काठमाडौं मल परिसरमा संघातिक हमला

४ बैशाख २०७६, बुधबार १०:५५

काठमाडौं, कोर्पोरेट खबरका सम्पादक उज्जवल जंग शाह माथि साझ पख काठमाडौं मल परिसरमा संघातिक आक्रमण भएको छ । मल स्थित फेसियल हाउसबाट घर फर्कन लागेका शाह माथि काठमाडौं मल ब्यापार संघबाट राजिनामा दिएर बसेका समुहले आक्रमण गरेको जानकारी शाहले दिए। आक्रमणबाट उनको शरिरमा केही चोट पटक लागेको छ । सम्पादक शाहको हाल नर्भिक अस्पतालमा उपचार भईरहेको छ । शाहले काठमाडौं मलमा आर्थिक अपचलन भएको बिषयलाई जोडदार रुपमा उठाउदै आएका थिए । सम्पादक शाह माथि भएको संघातिक हमलाको घोर भर्त्सना गर्दै दोशी उपर कडा भन्दा कडा कार्वाही गर्न सरकार समक्ष जोडदार माग गर्दछौ ।