संविधान संसोधन नभएमा देश कुरुक्षेत्रमा परिवर्तन हुन्छः फोरम नेता रिजाल

२९ चैत्र २०७५, शुक्रबार १८:०२

काठमाडौं, विभिन्न पार्टि पत्यिाग गरि २ सय बढि नेता संघिय समाजबादी फोममा प्रवेश गरेका छन् । नव प्रवेशी कार्यकर्ताहरुलाई फोरमका वरिष्ठ नेता अशोक कुमार राई, सचिव परशुराम बस्नेत र केन्द्रीय सदस्य राम प्रसाद रिजाल लगायतका नेताहरूले पार्टी प्रवेश गराएका थिए । प्रवेश गर्नेमा प्यावसनका पूर्व केन्द्रीय सदस्य गौरीशंकर उदास आदिवासी जनजाति महासंघ उदयपुरका पूर्व अध्यक्ष केसव र मगर पत्रकार अरूण कोइमी लगायत २ सय जनालाई पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता रिजालले पार्टिको बटम लाईन अनुसार नै मुलुकमा ११ प्रदेश हुनुपर्ने माग राखेका छन् । उनले जसमा पहाडमा ८ मधेसमा २ एबं १ शिल्पी प्रदेश सहितको व्यवस्था गरिनुपर्ने माग राखेका छन् । उनले संविधान संशोधन नभएमा देश कुरुक्षेत्रमा परिवर्तन हुने र यसको जिम्मेवारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले लिनु पर्ने बताएका छन् । साथै उदयपुरमा भएको उक्त कार्यक्रममा ललित शाहको अध्यक्षता मा ४१ सदस्य नयाँ कमिटी गठन गरिएको छ।