सभापति देउवाले बोलाएको अनौपचारिक बैठक सिटौलाद्वारा बहिष्कार

२५ चैत्र २०७५, सोमबार १४:०२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताको बैठक ‘ कृष्णप्रसाद सिटौलाले बहिष्कार गर्नु भएको छ । केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली मानिने केन्द्रीय कार्यसम्पादन समितिमा भएको भागबण्डाप्रति असन्तुष्टि जनाउँदै सिटौलाले शीर्ष नेताको बैठक बहिष्कार गर्नु भएको हो ।

कार्यसम्पादन समिति गठनका लागि सहमति जुटाउन सभापति शेरबहादुर देउवाले सोमबार बिहान अनौपचारिक छलफलका लागि आफ्नै निवासमा नेताहरुलाई बोलाउनु भएको थियो । उक्त बैठकलाई नेता सिटौलाले बहिष्कार गरेको उहाँका सहयोगी किरण सिटौलाले बताउनु भयो ।