विधान संसोधनको बिषयलाई लिएर कांग्रेसमा चर्कियो विवाद

२३ चैत्र २०७५, शनिबार १२:१९

काठमाडौं , विधान संसोधनको बिषयलाई लिएर नेपाली काँग्रेस भित्रको विवाद थप चर्किएको छ । केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने माग गर्दै असन्तुष्ट जिल्ला सभापतिले केन्द्रीय समिति बैठकबाट निर्णय सच्याउन दबाब दिइरहेका छन् ।

तर सभापति शेरबहादुर देउवाले निर्णय उल्ट्याउन नसकिने भन्दै पार्टीका असन्तुष्ट जिल्ला सभापतिलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । यससंगै का“ग्रेस भित्रको गुटगत राजनिति फेरी सतहमा आएको छ ।

असन्तुष्ट जिल्ला सभापतिहरुले केन्द्रीय समितिले निर्णय नसच्याय विशेष महाधिवेशनमा जाने चेतावनी दि“दै आएका छन् । नेपाली का“ग्रेस केन्द्रीय समिति बैठक शनिबार बस्दैछ ।