खेलकुद पत्रकार मञ्चको १५ औं साधारणसभा सम्पन्न, अध्यक्षमा सुवेदी निर्वाचित

२२ चैत्र २०७५, शुक्रबार १७:५३

काठमाडौं , नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी ५५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश तिमिल्सिनाले ४१ मत ल्याए ।

शुक्रबार काठमाडौंमा सम्पन्न मञ्चको १५ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा सञ्जिव शिल्पकार निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा ध्रुव तुलाधर र निरञ्जन अधिकारी क्रमशः ७१ र ५७ मत ल्याएर चुनिएका छन् ।

महासचिवमा प्रज्वल ओली ६३ मत ल्याएर निर्वाचित भए भने महासचिवमा पवन आचार्य ३३ मत ल्याएर चुनिए । कोषाध्यक्षमा अञ्जन खड्का निर्विरोध भए भने सचिवमा गोविन्द रेग्मी चुनिए । तीनजना सदस्यमा दिलबहादुर तामाङ, अनिल मल्ल ठकुरी र हेमविक्रम केसी निर्वाचि भए । महिला सदस्यमा मुना कार्की निर्विरोध भइन् ।