टुँडिखेलमा घोडेजात्राको प्रदर्शन

२२ चैत्र २०७५, शुक्रबार १७:४१

काठमाडौँ , काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व परम्परागत रुपमा मनाइएको छ । अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको नेपाली सेनाका तर्फबाट टुँडिखेलमा प्रदर्शन गरिएको छ । सेनाले देखाएको प्रदर्शन अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल लगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

त्यसैगरी मन्त्रीगणहरु, नेपाली सेनाका प्रमुख प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल स्थित कुटनितिक नियोगका प्रमुखहरु, उच्च पदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारी लगायतको उपस्थिति थियो । घोडेजात्राको उपलक्ष्यमा आयोजित विशेष समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए ।