वैदिक सनातन हिन्दू धर्मको बिकल्प छैन

२२ चैत्र २०७५, शुक्रबार १२:३२


बिष्णुप्रसाद शर्मा

नेपाल एउटा यस्तो देश हो, जुन भौगोलिक, आर्थिक , साँस्कृतिक सवै प्रकारले आफ्नै पन र पञ्चशीलको शिद्दान्तको हिसावले चलेको, चल्नु पर्ने र निरन्तर साथै रहनु पर्ने देश हो । तर , बिगत दशकौंदेखि आफ्नो पन हराएर फिरङ्गीपनको अफवाह लाद्ने कामहरु नेपालकै नेता भनाउँदाहरुले गरिराखेको प्रस्टसंग सवै जनताले देखि बुझिराखेको अवस्था छ । अर्को तर्फ जस जसको दलमा जो जो आबद्द रहेका छन् तिनले दलको निर्देशनलाई आखाँमा पट्टिबाँधेर दौडेर पालना गर्ने , तर राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मर्मलाई हेर्ने नजान्र्ने वा जानेर पनि स्वार्थमा रुमल्लिने गलत परम्परा बसेकाले संकट बढेको छ । यो अवस्थामा जनमत संग्रह गराउने माग गर्नु गलत हो । गणतन्त्र , संघीयता , र धर्म निरपेक्षता भनेको यो देशको अफापसिद्द पद्दति हो । यसले कसैको हित गदैन । बिदेशिको बहकाउमा बहकिनेहरुले राष्ट्र र जनतालाई सुरक्षित राख्नै सक्दैनन् ।
अन्धभक्तको कुरा पनि होइन, कुनै स्वार्थशिद्द गर्ने कुरा पनि होइन, कुनै दल बिशेषलाई समर्थन र बिरोधको कुरा पनि होइन । राष्ट्र , राष्ट्रियता , मुलुकको सार्वभौम स्वाधिनताको कुरा उठेको हो , छ र उठिरहन्छ । स्वार्थले यी बस्तुहरु सुरक्षित कदापी रहन सक्दैनन् र हातबाट गुमिसकेपछि पछुताएर केहि हुदैन । त्यसैले समयमै जनता सजग बन्नु जरुरी छ । नेताहरुले यो काम गदैनन् । उनीहरु राजनेता होइनन् अरुले नै प्रयोग गरिराखेका खेताला मात्रै हुन । मेरो देश महान छ र रहिरहनु पर्दछ भनेर आतमैदेखि बोलने नेता नै छैनन् । कमल थापाको धार्मिक स्वतन्त्रता भनेको के हो ? आज धर्म निरपेक्षता हुँदा त यो हालत छ भने भोली धार्मिक स्वतन्त्रता हुने हो भने के होला ? कल्पना मात्रै गर्न थालौ । जनमत संग्रहबाट कस्तो रिजल्ट आउँछ , कल्पना गरौं त ? राजसंस्था र हिन्दु धर्मलाई मास्दा के जनमत संग्रह भएको थियो ? के त्यति नै बेला जनमत संग्रह हुनुपर्ने थिएन ? पछि संविधान नामक भजनको सुझाव संकलनमा जनताले दिएका सुझावहरु कति र कुन कुन समाहित भएका छन ? कमलजीले भन्न सक्नु हुन्छ ? के त्यो बेलामा प्रतिपक्षमा उहाँमात्रै एकल भएको कुरा उहाँलाई थाहा थिएन ? अव किन आबश्यक परेको हो , जनमत संग्रह ? कानुनतः नै देशबाट यी आबश्यक बस्तुहरुलाई परास्त गराउने चाहाना होइन भनेर भन्न सक्ने कोहि छ ? नेपालमा खम्भीर स्तम्भका रुपमा रहेको सेना छ । त्यो सेनालाई तड्पाउने , होच्याउने , उसको मनोवल खस्काउने र दलीय स्वार्थ अनुकुल लदाउने कामहरु भइरहेका छन । के सेना भनेको अरौटे र भरौंटे मात्रै हुन सक्दछ ? मुलुकको सम्पूर्ण जिम्मेवारी बोकेको सेनालाई बन्देज लगाउन चाहनेहरु के राष्ट्रका हिमायती हुन ? यो कदापी कुनै पनि पाटोबाट मनासिव देखिदैन र राष्ट्रका लागि अव जनता आफैले फैसला गर्नु पर्ने बाध्यात्मक अवस्था छ । नेपालमा कुनै बिषयमा पनि जनमत संग्रह हुनु हुँदैन, गणतन्त्र र संघीयता आबश्यक छैन । वैदिक सनातन हिन्दू धर्मको बिकल्प छैन ।