नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी

२१ चैत्र २०७५, बिहीबार १७:०८

काठमाडौं , नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मत गणना सकिए पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।