काठमाडौंलाई प्रदुषणमुक्त बनाउने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दाबी

२१ चैत्र २०७५, बिहीबार १६:३१

काठमाडौं , प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंलाई प्रदुषणमुक्त बनाउने दाबी गर्नु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ल्याएको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गर्दै उहाँले धुँवाको मुस्लो फाल्ने गाडीलाई नियन्त्रणमा लिन निर्देशन दिनु भएको हो । उहाँले अब प्रशासनिक झन्झटमा अल्झेर बस्न नहुने समेत बताउनु भयो । अभियानमा महानगर, नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतबाट पनि सहयोग प्राप्त हुने आशा व्यक्त गर्नु भयो । उहाँले स्थानीय निकासँग मिलेर सडकको फुटपाथ अतिक्रमण हटाउने कार्य पनि थालिने बताउनु भयो ।