
काठमाण्डौ , काठमाण्डौको जडिबुटीमा टिप्परको ठक्करबाट कपिलवस्तुको तौलिहवाका राजेन्द्र आचार्यको मृत्यु भएको छ ।
बुधबार दिउँसो बा २ ख ६७८२ नम्बरको टिप्परले बा ८३ प १७९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक आचार्यको मृत्यु भएको हो । ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
