

काठमाडौं , फेरि पनि देशमा असन्तोष र आन्दोलनको अवस्था आयो भने मुलुक असफलतातर्फ जाने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । राष्ट्रिय विकास परिषद्को बुधबारबाट शुरु भएको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गएको ७० वर्षदेखि गरिएको आन्दोलनको परिणाम स्वरुप अहिले मुलुकमा परिवर्तन आएको र योजना बनाउँदा यस विषयमा ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाँले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने खालको उद्योगको देशमा जरुरी रहेको उल्लेख गर्दै जलविद्युत्जस्ता कुरालाई प्राथमिकतामा राखेर विकास गर्नेतर्फ हामीले ध्यान दिनुपर्ने बताउनु भयो । सबैकुरामा विगतबाट शिक्षा लिएर अघि नबढे अप्ठेरो पर्न सक्ने उल्लेख गर्दै उहाँले परिस्थितीलाई ख्याल गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।