संयुक्त विद्यार्थी संगठनले चैत २९ गते राष्ट्रिय सभागृहमा विशाल सभा गर्ने

२० चैत्र २०७५, बुधबार १२:१६

काठमाडौं, ११ सयुंक्त विद्यार्थी संगठनहरुले चैत्र २९ गते विशाल विरोधसभाको आयोजना गर्ने घोषणा गरेका छन् । सरकारले मूलधारको राजनीति गरिआएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएको र विखण्डनको नारा घन्काउने सिके राउतलाई संरक्षण गरेको भन्दै त्यसको विरुद्धमा विशाल विरोधसभा गर्न लागिएको संयुक्त ११ विद्यार्थी संगठनले जानकारी दिएको छ । संगठनले शैक्षिक तथा राजनैतिक एजेन्डामा केन्द्रित रहँदै सरकारको गम्भिर ध्यानाकर्षण गराउन आगामी चैत्र २९ गते राष्ट्रिय सभागृहमा विशाल विरोधको कार्यक्रमबारे जानकारी गराएको छ ।