सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठनले बनाइदियो आँधीपीडितलाई अस्थायी टहरा

१९ चैत्र २०७५, मंगलवार १६:३८

काठमाडौं , आइतबार साँझको हुन्डरीबाट बसोबास उखेलिएका बाराका पीडितका लागि सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठनले अस्थायी टहरा बनाइदिएका छन् । बिनासकारी भूमरीले क्षति पुर्याएको फेटा गाउँपालिकाको भरवलियामा १५ वटा अस्थायी टहरा निर्माण गरेको अनेरास्ववियुले जनाएको छ ।