काठमाडौं , न्यायपरिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँचजनाको नाम सिफारिस गरेको छ । जसअनुसार उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा छन् । वकिलबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा रहेको न्याय परिषद्बाट जानकारी प्राप्त भएको छ । उनीहरु संसदीय सुनुवाइपछि न्यायाधीश बन्र्नेछन् ।
त्यसैगरी न्याय परिषद्को आजको बैठकले १८ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको न्यायपरिषद्का सूचना अधिकारी टेकनाथ गौतमले जानकारी गराएका छन् ।