

काठमाडौ, नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी भइरहेको छ । इलाम, झापा र विराटनगरको मतगणना सकिँदा प्रगतिशील समूहको प्यानल अगाडि छ ।
पछिल्लो परिणामअनुसार अध्यक्ष पदमा प्रगतिशील प्यानलका चण्डेश्वर श्रेष्ठले १९६ मत पाएका छन् । यस्तै लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले १०९ मत पाएका छन् । यसैगरी महासचिव पदमा प्रगतिशील समूहकै सुरेन्द्र थापा १८५ मतसहित अगाडि छन् । लोकतान्त्रिक प्यानलका लिलामणी पौडेलले १११ मत पाएका छन् ।
इलाममा चन्डेश्वरले ५१ र सुनिलले २५ मत पाएका छन् । यसैगरी झापामा सुनिलले ७१ र चन्डेश्वरले ६२ मत पाए भने विराटनगरमा चन्डेश्वरले ८३ मत र सुनिलले १३ मत पाएका छन् ।
सोमबार राति ९ बजेसम्म सम्मको मतपरिणाममा प्रगतीसिल प्यानलले अग्रता लिएको हो । आज १० ठाउँमा मतगणना गर्ने तयारी भइरहेको निर्वाचन समितिका शिव रिजालले जानकारी दिनुभयो ।