हावाहुरी पीडितलाई आधा महिनाको तलब दिने बाबुराम भट्टराईको घोषणा

१९ चैत्र २०७५, मंगलवार १०:२२

काठमाडौं , नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले बारा पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ ।

उहाँले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भन्नु भएको छ , ुबारा पर्सामा भीषण आँधिबेहरीले पुर्‍याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुखित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।ु
संयोजक डा भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला प्रदेशका पार्टी युनिटहरुलाई उद्धार राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनु भएको छ । त्यसैगरी राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग सीधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गर्नु भएको छ । उक्त रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी पनि उहाँले दिनु भयो । ुमैले व्यक्तिगतरूपमा आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब प्रदान गर्नेछु,ु उहाँले भन्नु भयो ।