राहतको पोको बोकेर हावाहुरी पिडित भेट्न पुगे कमल थापा

१८ चैत्र २०७५, सोमबार २२:४८

बारा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बारा र पर्साका हावाहुरी पीडितका लागि राहत बोकेर हेटौंडाबाट आज कलैया पुगेका छन् । थापाले राहतमा चाउचाउ, चिउरा, चामल, बिस्कुट, नुन, आँटा र केही थान त्रिपाल बोकेर बारा पुगेका हुन् । अध्यक्ष थापाले राहत सामाग्री बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष थापाले प्रजिअ पौडेललाई नगद रू ५० हजार पनि हस्तान्तरण गरे । घाइतेका परिवारजनलाई नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्जमा भेटघाट गरि स्वास्थ अबस्था बुझेका छन् । सो अवसरमा मृतकहरुप्रती भावपूर्ण श्रद्धाञ्जली र घाईतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।