विप्लव समूहले बारा र पर्सामा आएको भीषण हावाहुरीबाट हुन गएको घटनामा निकाल्यो यस्तो विज्ञप्ति

१८ चैत्र २०७५, सोमबार १८:०९
dfxnhjd

काठमाडौं ,प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आइतबार बारा र पर्सामा आएको भीषण हावाहुरीबाट हुन गएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले सिङ्गो पार्टी पंक्तिलाई निकै दुखी बनाएको जनाएका छन । उनले सम्बन्धीत घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशनसमेत दिएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
यस्तो छ , विज्ञप्तिको पूर्णपाठः