नेकपाका अध्यक्ष प्रचण्डद्वारा बारा–पर्सामा भएको क्षतिप्रति दुःख व्यक्त

१८ चैत्र २०७५, सोमबार १२:५४

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा पुगेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ ।

अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको उहाँको सचिवालयले जनाएको छ ।पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रहसमेत गर्नु भएको छ ।