

काठमाडौं, बारा र पर्सामा आइतबारको हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आइतबार साँझको हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ भने ६ सय १२ जना घाइते भएका थिए। घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।