
काठमाडौ, जापानको प्रशिद्ध परिकार रामेनको स्वाद अब नेपालमा पनि लिन सकिने भएको छ । काठमाडौँको मुटुबाट मात्र केही मिनेटको दुरीमा रहेको पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठको हाता भित्र होक्काइदो रामेन हाउस खुलेसंगै रामेनको स्वाद लिन अब सहज बनेको हो ।
आँखा अगाडि जापानिज मेसिनबाट तयार गरि दिईने रामेन नुडल्सले जापानको याद दिलाउने होक्काइदो रामेन हाउसका सञ्चालकको दावी छ ।
लामो अनुभव संगालेका ख्याती प्राप्त रेष्टुरेन्ट व्यवसायीहरूको समूहबाट सञ्चालित होक्काइदो रामेन हाउस यही ४ अप्रील बाट सञ्चालनमा आउन लागेको हो । अप्रिल महिना भरी २५ प्रतिशत को बिशेस छुट दिने सञ्चालकको भनाई छ ।
रामेन जापानको प्रशिद्ध परिकार हो । जापनिज खानाको स्वाद लिन चाहनेहरुको लागि यो स्थान राम्रो गन्तव्य रहेको छ ।
सुमधुर रमणीय वातावरणमा खोलिएको उक्त रस्टुरेन्टले स्वदेशी तथा विदेशी ग्राहकहरुको मन जित्नेमा आफूहरू ढुक्क भएको सञ्चालक बताउँछन् ।
