

काठमाडौँ , पूर्वराजा ज्ञानेन्द्र शाहले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ । सोमबार पूर्वराजाले एक समबेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति भएको दुखद खबरले स्तब्ध भएको बताउनु भएको हो ।