कोरिया भाषा परीक्षामा करिव एक लाख आवेदन

१८ चैत्र २०७५, सोमबार ०९:३६

काठमाडौं , रोजगार अनुमति ईपीएस अन्तर्गत भाषा परीक्षाका लागि यस वर्ष सबैभन्दा बढी आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम हो । साँझ ८ बजेसम्म ९२ हजार युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । राति १२ बजेसम्म आवेदन दिने समय बाँकी रहेकाले अझै थपिनसक्ने जनाइएको छ ।
ईपीएसको १२ वर्षे इतिहासमा यो वर्ष सबैभन्दा बढी नेपाली युवाले कोरियाको भाषा परीक्षामा आवेदन दिएका हुन् । चैत्र ८ गतेदेखि १० दिनका लागि खुला गरिएको परीक्षाको आवेदनको अन्तिम दिन आइतबार ८ बजेसम्म ९२ हजार १ सय ५० ले आवेदन दिएका छन् । यो समाचार गोपाल संग्रौलाले कारोबार दैनिकमा लेखनु भएको छ ।